Sunday, September 27, 2026

३ वटा विषयको एसईई परीक्षा दिइसकेकी छात्राले गरिन् आत्महत्या

Advertisement
Advertisement

कलैया, १२ चैत। बारामा कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) दिइरहेकी छात्राले झुण्डिएर आत्महत्या गरेकी छन्।

बाराको महागढीमाई नगरपालिका वडा नं ६ बबुआईन निवासी अन्दाजी ४५ वर्षिय रामअधिन प्रसाद चौरसियाको १६ वर्षिय छोरी गुन्जा चौरसियाले घरमा कोही नभएको बेला झुण्डिएर आत्महत्या गरेकी हुन्।

चैत ७ गतेदेखि शुरु भएको एसईई परीक्षामा सहभागी छात्रा चौरसियाले अंग्रेजी, नेपाली र गणित विषयको परीक्षा दिइसकेकी थिइन। गणित विषयको परीक्षा दिएर आएकी चौरसिया घरमा आमा बुवा नभएको बेला बेलुका अन्दाजी ५:३० बजेतिर झुण्डिएर उनले आत्महत्या गरेकी थिइन्।

छिमेकी संगको विवादका घरबाट मृतक चौरसियाको बुवा, आमा र दाई फरार थिए भने उनको घरमा सानो भाइ र बहिनी थिए। त्यहि विवादका कारण गाउँका मानिसहरूले उनलाई मानसिक तनाव र यातना दिरहेपछि एसईई परीक्षाको बिचमै उनले आत्महत्या गरेकी हुन्।

मृतक चौरसियाको शव सोमबार रातीदेखि नै पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल कलैयामा लगिएको थियो। पोस्टमार्टम पश्चात आफन्तहरुले न्यायको लागि माग गर्दै सदरमुकाम कलैया स्थित भरत चौकमा मंगलबार प्रदर्शन समेत गरेका थिए।

प्रदर्शन पश्चात प्रहरीले यस विषयमा अनुसन्धान गर्ने बताएपछि आफन्तहरुले शवको अन्तिम संस्कार गरेका छन्।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर