Saturday, July 25, 2026

वडा अध्यक्ष सुनिल गुप्ता १० दिनपछि १ लाख २५ हजार धरौटीमा रिहा

जीतपुर, १३ चैत्र । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष सुनिल गुप्ता १ लाख २५ हजार रुपैयाँ धरौटीमा रिहा भएका छन्। १० दिन प्रहरी हिरासतमा रहेका वडा अध्यक्ष गुप्ता मंगलबार धरौटिमा छुटेका हुन् ।

अपराधिक प्रवेश तथा आपराधिक उपद्रव सम्बन्धी मुद्दामा जिल्ला अदालत बाराको ३ नं. इजलासका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले धरौटीमा छाड्ने आदेश दिएको हो।स्थानीय प्रशुराम गिरीको उजुरीको आधारमा प्रहरीले चैत्र ३ गते वडा अध्यक्ष गुप्तालाई पक्राउ गरेको थियो।

अनुसन्धानका क्रममा प्रहरीले पहिलोपटक ७ दिनको म्याद थप गरेको थियो भने दोस्रो पटक ३ दिनको म्याद थप गरेको थियो।उक्त मुद्दामा संलग्न अर्को व्यक्ति सुनिल गुप्ता पनि ७५ हजार रुपैयाँ धरौटी बुझाई रिहा भएका छन्। सोही मुद्दामा वडा अध्यक्ष गुप्तासहित १० जनाविरुद्ध मुद्दा दायर गरिएको छ।

हालसम्म ८ जना अझै फरार रहेका छन्, जसको खोजी कार्य प्रहरीले जारी राखेको छ ।प्रहरीले सुरुमा वडा अध्यक्ष गुप्तामाथि डाँका ,अपराधिक उपद्रव तथा ज्यान मार्ने उद्योग चलाएपनि पछि परिवर्तन गरी अपराधिक प्रवेश तथा आपराधिक उपद्रव मुद्धा चलाएको थियो ।

अघिल्लो बर्ष जीतपुरका राजुराज गिरीको घरमा डोजर लिएर छिरेका गुप्तामाथि आपराधिक उपद्रवको मुद्दा लागेको थियो ।

बारा जिल्ला अदालतबाट दोषी ठहर भएर उच्च अदालतमा विचाराधिन मुद्दा किनारा नलाग्दै वडाध्यक्ष गुप्ता दोश्रो पटक उस्तै प्रकृतीको मुद्यामा पक्राउ परेका थिए ।

चैत्र १ गते होलीका दिन राती जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.७ मा रहेको प्रशुराम गिरीको घरमा जवर्जस्ती प्रवेश गरि कुटपिट तथा गाली गलौज गरेको आरोप गुप्तामाथी लागेको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर