Live

विज्ञापन: अब तपाईंको आफ्नै शहर वीरगंजमा गुणस्तरीय वेबसाइट बनाउन सकिन्छ भने किन काठमाडौं धाउने झन्झट बेहोर्नु भइरहेको छ ? सम्पर्क मोबाइल नम्बर– +977-9814272487

विश्वकप क्वालिफायरका लागि क्लोज क्याम्प घोषणाः आदिल आलम पनि समावेश
00:23
Video thumbnail
विश्वकप क्वालिफायरका लागि क्लोज क्याम्प घोषणाः आदिल आलम पनि समावेश
00:23
Video thumbnail
प्रादेशिक अस्पताल कलैयाको फार्मेसीमा औषधि अभाव
00:33
Video thumbnail
२० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्छ : प्रधानमन्त्री
00:30
Video thumbnail
मधेश प्रदेश सुक्खाग्रस्त क्षेत्र घोषणा
00:37
Video thumbnail
नेपाल उज्बेकिस्तानसँग टाइब्रेकरमा पराजित
00:24
Video thumbnail
नेपालले जित्यो एसिसी मेन्स यु-१६ इस्ट जोन कपको उपाधि | NEPAL CRICKET |
00:23
Video thumbnail
बाराको आदर्श कोतवाल गाउँपालिकाले तिर्यो किसानको १९ लाख कृषि विद्युत् महसुल
00:49
Video thumbnail
बाराको सिमरास्थित जगदम्बा स्टिलको भट्टीमा विष्फाेट, केही मजदुर घाइते
00:22
Video thumbnail
बारामा मासु काट्ने दाउ प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
00:38
Video thumbnail
#baraupdate #nepalpolice
01:38
प्रतिक्रिया लेख्नुहोस्
27.9 C
Kalaiya
Tuesday, July 22, 2025

spot_img

छोरीलाई जानकारी नदिन भन्दै पटक पटक बलात्कार गरिरहेका थिए महमद अनवर

spot_img
spot_img
spot_img
spot_img
Advertisement

वीरगन्ज, १३ चैत। पर्सामा बुवाले आफ्नै छोरीको साथीलाई नशालु पदार्थ खुवाई बलात्कार गरेको घटना सार्वजनिक भएको छ।

Advertisement
Advertisement

पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर ३१ इस्लामपुर घर भई वडा नम्बर १३ मुर्लीमा बस्दै आएका शेख अब्दुल मतिनका छोरा ५२ वर्षिय शेख महमद अनवरले कक्षा ११ मा अध्ययनरत अन्दाजी १७ वर्षिय “बेलवा प” (सांकेतिक नाम) लाई बलात्कार गरेको र पीडित ‘बेलवा प’ले दिएको उजुरीका आधारमा अनवरलाई पक्राउ गरिएको पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।

Advertisement
Advertisement

साथीसँग भेट्न जाँदा भएको थियो बलात्कार

उजुरीअनुसार अनवरले ‘बेलवा प’ आफ्नो छोरीसँग घरमा भेट्न जाँदा र विभिन्न नशालु पदार्थ मिसाइएको पानी खुवाएर पहिलो पटक जबरजस्ती करणी गरेका थिए। होसमा आएपछि पिडक अनवरले बेलवा पलाई “कसैलाई नभन्ने, नत्र मारि दिन्छु, तिम्रो फोटो खिचेको छु सोसल मिडियामा हाल्दिन्छु” जस्ता यातना दिएर मानसिक रुपमा कमजोर बनाएर ३/४ महिनादेखि पटक–पटक बलात्कार गरिरहेका थिए ।

यस्तै उनले आफ्नो छोरालाई पनि जानकारी नदिन भने र छोरी तथा परिवारका सदस्य घरमा नहुँदा बेलवा पलाई बोलाएर बलात्कार गर्ने गर्थे। बेलवा प केही दिनपछि आफ्नो घर जाँदा बान्ता भएपछि परिवारका सदस्यले सोधेपछि उनले घटनाको बृतान्त सुनाएपछि परिवारका सदस्यहरुले जाहेरी दर्ता गरेका हुन्।

पीडित किशोरी ‘बेलवा प’को मेडिकल परीक्षणबाट १० हप्ताको गर्भ रहेको पुष्टि पनि भएको छ । उनले लामो समयदेखि नशालु पदार्थ खुवाई जबरजस्ती करणी गरेको बयान दिपछि प्रहरीले तत्काल अनुसन्धान सुरु गरी अनवरलाइ पक्राउ गरेको हो ।

प्रहरीले पीडित किशोरीलाई तत्काल संरक्षणमा राख्दै उनको स्वास्थ्य परीक्षणपछि आवश्यक कानूनी तथा मानसिक परामर्श प्रदान गरिरहेको जनाएकाे छ ।

प्रहरीले आरोपीलाई नियन्त्रणमा लिई जबरजस्ती करणी मुद्दामा पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान शुरु गरेको जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर