Saturday, September 26, 2026

शिक्षक आन्दोलनलाई समर्थन गर्दै बाराका राजनीतिक दलद्वारा सोडिओ लाई ज्ञापनपत्र

Advertisement
Advertisement

कलैया,०८ वैशाख । बाराका राजनीतिक दलका नेता तथा कार्यकर्ताहरुले काठमाण्डौंमा जारी शिक्षक आन्दोलनलाई समर्थन गर्दै एक्यबद्धता प्रकट गरेका छन्। उनीहरुले सोमबार बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीलाई ज्ञापनपत्र दिदै शिक्षकहरुको मागलाई तत्काल सम्बोधन गर्न सरकारसंग माग गरेका हुन्। ज्ञापनपत्रमा नेपाल शिक्षक महासंघले आफ्ना मागहरु राखि २० औ दिन सम्म काठमाडौंमा गरिरहेको आन्दोलन प्रति आन्दोलन प्रति समर्थन र एक्यबद्धता जनाएको जानकारी दिइएको हो।

शिक्षकहरुको जायज मागलाइ बार्ताको माध्यमबाट यथाशीघ्र सम्बोधन गर्न सरकार समक्ष जिल्ला प्रशासन कार्यालय बारा मार्फत ज्ञापनपत्र मार्फत जोडदार माग गरिएको छ। शिक्षकहरुको आन्दोलनको सफलताको शुभकामना दिदै बाराका प्रमुख जिल्ला अधिकारीलाई उनीहरुले ज्ञापनपत्र बुझाएका हुन्। ज्ञापनपत्रमा हस्ताक्षर गर्नेमा नेपाली कांग्रेस जिल्लाका सचिव राजेश रौनियार,संविधान सभा सदस्य आत्माराम साह,जसपा मधेश प्रदेश उपाध्यक्ष शुशिल कुमार यादवको हस्ताक्षर रहेको छ।

नेकपा एमालेका सचिवालय सदस्य पुरुषोत्तम साह,नेपाली कांग्रेस बाराका प्रवक्ता चन्द्रिकाप्रसाद गुप्ता,नेपाली कांग्रेस बाराका सदस्य अफ्तर हुसेन,राष्ट्रिय युवा संघ नेपाल बाराका उपाध्यक्ष सद्दाम अन्सारी,नेपाल विद्यार्थि संघका केन्द्रिय सदस्य हरिओम साह,नेकपा माओवादी केन्द्रका नगर उपाध्यक्ष आबिद अन्सारी,नेविसंघ बाराका जिल्ला अध्यक्ष प्रविणसिंह राउत,नेपाल विद्यार्थि संघ बरिष्ठ उपाध्यक्ष बिनयराज शर्मा,नेपाल विद्यार्थि संघ बाराका उपाध्यक्ष सुमित श्रीवास्तव लगायतकाले ज्ञापनपत्र बुझाएका हुन्।

ज्ञापनपत्रको बोधार्थ प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरवार काठमाण्डौ,शिक्षा मन्त्रालय काठमाण्डौंमा पठाइएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर