Friday, July 24, 2026

प्रहरी माथि अभद्र व्यवहार गरेको अभियोगमा साह पक्राउ

कलैया, १० बैशाख । बारा प्रहरीले प्रहरी माथि आक्रमण गराएर अभद्र व्यवहार गरेको आरोपमा बारा सिम्रौनगढ २ मौवाही निवासी ४५ वर्षीय भोला साह कानुलाई नियन्त्रणमा लिएको छ।

 

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता विजयराज पण्डितले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएका हुन्।

 

फागुन २४ गते बारा सिम्रौनगढ नगरपालिका वडा नं.६ अमरपुर टोल स्थित नेपाल भारतको सिमानाकाबाट लागु औषध ओसार पसार कारोबार भइरहेको छ भन्ने सूचना प्राप्त हुनसाथ यस कार्यालयबाट उक्त स्थानमा खटि आएका प्रहरी टोलिले जाँच तथा सोधपुछ गरिरहेको थियो।

 

सोही क्रममा १०/१५ जनाको समूहमा आएका मानिसहरूले प्रहरी कार्यमा बाधा अवरोध पु-याई प्रहरी संग हातपात तथा अभद्र व्यवहार समेत गरी भागी फरार भएका थिए।

 

प्रहरी कार्यमा बाधा अवरोध पु-याईने व्यक्तिहरूलाई खोज तलास गर्दै जाँदा सोमबार कलैया बजार क्षेत्रबाट कानुलाई पक्राउ गरी अभद्र व्यवहार मुद्दा दर्ता गरी कानूनी कारवाही प्रकृया अगाडी बढाईएको पण्डितले जानकारी दिए।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर