Saturday, September 26, 2026

बारामा २ ठाउँमा आगलागी हुदाँ लाखौँको क्षति

Advertisement
Advertisement

कलैया, १० बैशाख। बारामा २ फरक-फरक ठाउँमा आगलागी हुँदा लाखौंको क्षति भएको छ। मंगलबार र बुधबार जितपुर सिमरा उपमहानगरपालिका र महागढीमाई नगरपालिकाको २ स्थान आगलागी हुदाँ २ लाख बराबरको क्षति भएको हो।

बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नं २३ ताजपुरको एउटा गोठघरमा बिजुलीको तार सर्ट भई आगलागी हुदाँ एउटा बाख्रा, एउटा भैसी, एउटा पाडा जली समान्य रुपमा घाइते भएको र गहुँ, ब्याज र लहसुन गरी १ लाख ५० हजार रूपैयाँ बराबरको क्षति भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जानकारी दिएको छ।

यस्तै बाराको महागढीमाई नगरपालिका वडा नं ४ दहियार टोलको एउटा आगलागी हुदाँ गोठ घरमा बिजुलीको तार सर्ट भई अचानक आगलागी हुदाँ एउटा बाख्रा, टेन्टको माल समान र गोठ जली नष्ट हुदाँ ५० हजार रूपैयाँ बराबरको क्षति भएको हो।

आगोलाई प्रहरी चौकी परवानीपुर, गंजभवानीपुरको टोली, दमकल र स्थानियको सहयोगमा नियन्त्रणमा लिईएको प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर