Friday, July 24, 2026

बारामा दुई जोडीको सामूहिक विवाह

करैयामाई,१२ वैशाख : बाराको करैयामाई गाउँपालिकाले बिहीबार आयोजना गरेको सामूहिक विवाह कार्यक्रममा दुई जोडीको बिबाह गरिएको छ ।

करैयामाई गाउँपालिका वडा नम्बर २ स्थित राजदेवी माता मन्दिर परिषरमा सामुहिक बिबाह कार्यक्रम सम्पन्न भएको प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र महतोले जानकारी दिएका छन ।

सामुहिक बिबाह कार्यक्रममा करैयामाई गाउँपालिका वडा नम्बर १ हरैयाका सोकिल राय भाटका २० बर्षिय छोरी आसमिं खातुन र वडा नम्बर –५ ढोरियाका सुखल हजराको २४ बर्षिय छोरी कुसुम कुमारी पासवानको बिबाह गरिएको उनले बताए ।

पासवानको हिन्दुधर्म अनुसार र खातुनको ईस्लाम धर्म अनुसार बिबाह गरिएको महतोले जनाए । दुबैजनाको बिबाहको खर्च गाउँपालिकाले नै ब्यवस्था गरेको उनले बताए ।

उनीहरुलाई लताकपडा तथा ओछयान प्रदान गरिएको उनले बताए । करैयामाई गाउँपालिका वडा नम्बर १ हरैयाका सोकिल राय भाटका २० बर्षिय छोरी आसमिं खातुन,वडा नम्बर –४ का ग्यासुदी अन्सारीका छोरी हसबुन खातुन,४ कै मोहरम मियाँका छोरी नजरुण खातुन,वडा नम्बर –५ ढोरियाका सुखल हजराको २४ बर्षिय छोरी कुसुम कुमारी पासवान ले सामुहिक बिबाहका लागि आवेदन दर्ता गराएका थिए।

जस मध्ये वडा नम्बर –४ की हसबुन खातुन,४ कै नजरुण खातुनका अभिभावकले सामुहिक विवाहमा सहभागी नहुने जानकारी गराएपछि दुई जोडीको बिबाह भएको हो ।

पालिकाभित्रका असहाय/गरिब/दलित समुदायको बेहुलीका लागि गाउँपालिकाको कार्यालयले सामुहिक बिबाह कार्यक्रमको आयोजना गरेको हो । मिति २०८१ फागुन १२ गते उक्त कार्यक्रमको लागि ईच्छुक व्यक्ति/अभिभावकले गाउँपालिकाको प्रशासन शाखामा निवेदन पेश गर्न अनुरोध गरेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर