Friday, July 24, 2026

जीतपुर बजारस्थित ६ लेन सड्कमा पुनः बजार लाग्न सुरु

जीतपुर, १३ बैशाख । बाराको जीतपुरसिमरा उपमहानगरपालिका अन्तर्गत जीतपुर बजारस्थित ६ लेन सड्कमा पुनः बजार लाग्न सुरु भएको छ।

केही महिना अघिसम्म स्थानीय ट्राफिक प्रहरी र उपमहानगरपालिकाको सहकार्यमा सड्क अतिक्रमण रोकिएको भए पनि हाल फेरि सडकमै पसल तथा ठेलागाडा राखेर व्यापार व्यवसाय गरिने क्रम बढेको छ ।

सडक र फुटपाथ अतिक्रमणका कारण ट्राफिक व्यवस्थापनमा गम्भीर चुनौती थपिएको छ भने दुर्घटनाको जोखिम समेत बढेको छ। पैदल यात्रु हिड्ने फुटपाथ र गाडि हिड्ने सड्कमा समेत सामान राखिँदा सर्वसाधारणलाई आवतजावतमा समस्या भइरहेको छ ।

स्थानीय ट्राफिक प्रहरी र उपमहानगरपालिका प्रशासन यस विषयमा मौन देखिएका छन्। स्थायी समाधानका लागि ठोस कदम चाल्नुपर्ने नगरबासीको माग छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर