Friday, July 24, 2026

सिम्रौनगढमा असिना पानीले लाखौंको क्षति,सिडियोद्वारा अनुगमन

कलैया,१७ वैशाख  । बाराको सिम्रौनगढमा अकस्मात परेको असिना पानीले मकै,तरकारी तथा फलफुलमा ठूलो क्षति पुर्‍याएको छ। तरकारीको पकेट क्षेत्र रहेको सिम्रौनगढ नगरपालिकामा परेको असिना पानीले मकै तथा तरकारी बालिमा लाखौंको क्षति पुर्‍याएको हो।

सिम्रौनगढ नगरपालिका वडा नम्बर १ र ७ टोलमा गत आइतबार राती असिना पानी परेको हो। जसले गर्दा बालि भित्राउने तरखरमा रहेको मकै बाली,तरकारी तथा फलफुलमा क्षति पु-याएको हो । जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीको नेतृत्वमा गएको टोलिले बुधबार अनुगमन गरेका छन्। अधिकारीको नेतृत्वमा रहेको प्रशासनको टोलिले सिम्रौनगढ क्षेत्रमा अनुगमन गरेका हुन्। उनले किसानहरुसंग छलफल गरेका हुन्।

स्थानीय विपद व्यवस्थापन समितिले किसानहरुको बाली के-कतिको क्षति भएको मुल्यांकन गरिरहेका छ । कृषि ज्ञान केन्द्र बाराले किसानहरुलाई क्षतिपूर्तिको फारम दिई क्षतिपूर्ति दिलाउनलाई पहल गर्ने प्रजिअ अधिकारीले बताएका छन् । असिनाले आँपमा ठूलो क्षति भएको हो। फल ठूलो हुने समय हो। असिनाले आँप,लिच्चि लगायतका फलफुलमा क्षति पुगेको छ। यसले उत्पादनमा ठूलो असर परेको एक किसानले बताए । भारी मात्रामा असिना परेकाले तरकारी खेतिमा समेत असर पुर्‍याएको छ।

उक्त अनुगमन टोलीमा जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक सन्तोष तामाङ,स्थानीय जनप्रतिनिधि,किसानहरु लगायतको सहभागिता रहेको थियो। किसानलाई पुगेको क्षतिको क्षतिपूर्तिको लागि कृषि मन्त्रालयमा सिफारिश गर्ने प्रतिबद्धता जिल्ला प्रशासन कार्यालय बाराले गरेको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर