Friday, July 24, 2026

वीरगन्जमा सवारी दुर्घटना हुदाँ १ जनाको मृत्यु, २ जना घाइते

वीरगन्ज, १७ बैशाख। पर्साको वीरगन्ज महानगरपालिका वडा नं ३२ रामबन स्थित भेडहा खोलाबाट रामबनतर्फ आउँदै गरेको ट्याक्टर आफै अनियन्त्रित भई दुर्घटना हुदाँ एकजनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।

मंगलबार राति भएको उक्त दुर्घटनामा परि मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका वडा नं ३२ निवासी अन्दाजी २२ वर्षिय निरोज माझी रहेका छन्। शरीरको विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएका माझीको गण्डक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिनुभयो।

घाइते हुनेमा बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नं ६ निवासी ३० वर्षिय झुना महतो र वीरगन्ज महानगरपालिका वडा नं ३२ रामबन बस्ने अन्दाजी १० वर्षिय हेमन मुखिया रहेका छन्।

घाइते भएका महतो ट्याक्टरमा सवार थिए भने उनको शरिरको विभिन्न भागमा चोट पटक लागेको र अवस्था गम्भिर यस्तै अर्का घाइते मुखिया दुर्घटना भएको स्थानमा बाटोको छेउमा उभिरहेका थिए। उनी ट्याक्टरसंग लड्दा समान्य घाइते भएको र दुवै जनाको उपचार गण्डक अस्पतालमा भईरहेको पर्सा प्रहरीले जनाएको छ।

 

 

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर