Saturday, September 26, 2026

कलैयाका सुधिरलाई बन्धक बनाइ फिरौती माग्ने ४ जना पर्सा प्रहरीको नियन्त्रणमा

Advertisement
Advertisement

कलैया, १७ बैशाख। कलैयाका एकजनालाई अपहरण गरी बन्धक बनाइ फिरौती माग्ने ४ जनालाई जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पर्साको वीरगन्ज महानगरपालिका वडा नं १२ मुर्ली बस्ने २३ वर्षिय रिकेश कुमार गुप्ता, २५ वर्षिय राजन गुप्ता, सखुवा प्रसौनी गाँउपालिका वडा नं ३ बस्ने २४ वर्षिय सिकेन्द्र साह र एकजना नाबालक छन्।

उनीहरुले बाराको कलैया उपमहानगरपालिका वडा नं १८ निवासी २६ वर्षिय सुधिर प्रसाद साहलाई अपहरण गरी बन्धक बनाइ फिरौती मागिरहेका थिए भने आफ्नै घरमा बन्धक बनाइ राखेका थिए।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीको टोलीले साहको सकुशल उद्धार गरी अपहरणमा संलग्न ४ जनालाई पक्राउ गरी पर्सा जिल्ला अदालतबाट अपहरण वा शरिर बन्धक सम्बन्धी कसुरमा ५ दिनको म्याद लिई थप अनुसन्धान भैरहेको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर