Friday, July 24, 2026

बारामा प्रभातफेरी गरी मनाइयो विश्व प्रेस स्वतन्त्रता दिवस

कलैया,२० वैशाख  । नेपाल पत्रकार महासंघ बारा शाखाले कलैया आज बिहान प्रभातफेरी गरी विश्व प्रेस स्वतन्त्रता दिवस मनाएको छ।

बारा उधोग वाणिज्य संघको अगाडिबाट सुरु भएकाे प्रभातफेरी जिल्ला प्रशासन कार्यालय बारा हुँदै कलैयाको भरत चौकमा कोणसभामा परिणत भएको थियो ।

“नयाँ साहसी सन्सारमा रिपोर्टिङ र पत्रकारको सुरक्षा ग्यारेन्टी गर”भन्दै सञ्चारकर्मीहरुले र्‍याली निकालेका हुन्।

नेपाल पत्रकार महासंघ बारा शाखाका अध्यक्ष रमेश सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि पत्रकार महासंघका केन्द्रिय सचिव अशोक तिवारी रहनु भएका थिए ।

सो कोणसभामा पत्रकार महासंघका केन्द्रीय सदस्य सिकेन्द्र पासवान,पत्रकार महासंघ बाराका पूर्व अध्यक्ष गुरुप्रसाद गौतम,प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य रामबाबु मेहता लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।

सो कोणसभालाई सम्बोधन गर्दै प्रमुख अतिथि एवम् पत्रकार महासंघका केन्द्रिय सचिव अशोक तिवारीले ” आज हामी खुशियालीपुर्वक प्रेस स्वतन्त्रता दिवस मनाउने दिनमा पनि दु:खदपुर्वक मनाउदै छौं,हामी पत्रकारहरुलाई संविधानले लेख्ने अधिकार दिएको छ तर राज्यले त्यसको अनुभुती हुन दिएको छैन” भने ।

हामी राज्यको चेपुवामा परिरहेका छौँ,तर हामी आफ्नो लेख्ने काम कम गरेका छैनौं उनले बताए ।

तर दु:खद जिल्लाका पत्रकारहरु निर्वाचन,कर्फ्यु वा काम पर्‍यो भने सेवा लिन दुई वा तीन सय पुग्छौं । तर हाम्रो आफ्नो सुरक्षाका लागि हुने कार्यक्रममा पनि न्यून मात्रामा सहभागी हुने गरेका छौँ केन्द्रिय सचिव तिवारीले बताए ।

साथै आउने दिनमा क्रियासिल पत्रकारहरुलाई मात्र सदस्यता वितरण गर्न पत्रकार महासंघ बारालाई उनले आग्रह गरे ।

उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ मधेस प्रदेशका कोषाध्यक्ष अनिल कुमार गौरव,सदस्य साजिर मंसुर,संजीव मिश्र ब्रिजमोहन कुशवाह,प्रेस युनियन मधेस प्रदेशका अध्यक्ष सत्यप्रसाद श्रेष्ठ, श्रमजीवी पत्रकार संघ बाराका अध्यक्ष शिवशंकर मिश्रा,मेची महाकाली सोसाइटी बाराका अध्यक्ष भोजराज भट्टराई,प्रेस युनियन बाराका कोषाध्यक्ष अरुण साह, सचिव राजेश कुशवाहा, विभिन्न सञ्चारगृहमा कार्यरत सञ्चारकर्मीहरु लगायतको उपस्तिथि रहेको थियो ।

भने कार्यक्रमको संचालन महासंघका उपाध्यक्ष पन्नालाल दासले संचालन गरेका थिए।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर