Saturday, September 26, 2026

बाराको सिम्रौनगढमा अवैध मदिरा नियन्त्रणसम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न

Advertisement
Advertisement

कलैया, २० वैशाख । जिल्ला प्रहरी कार्यालय बाराको आयोजनामा बाराको सिम्रौनगढ नगरपालिका वडा नं. ८ स्थित कचोर्वा पुरानो चौकमा अवैध मदिरा उत्पादन तथा बिक्री वितरण नियन्त्रणसम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक सन्तोष तामाङ, विशिष्ट अतिथि प्रहरी नायब उपरीक्षक विजय राज पण्डित तथा विभिन्न वडाका वडाध्यक्षहरू, स्थानीय सञ्चारकर्मीहरू र समाजका भद्रभलादमीहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा करिब १५० जनाको सहभागिता रहेको थियो।

कार्यक्रमको उद्देश्य स्थानीय तहमा अवैध मदिरा उत्पादन तथा कारोबारका विरुद्ध जनचेतना अभिवृद्धि गर्नुका साथै त्यसको सामाजिक, स्वास्थ्य तथा कानूनी असरहरूबारे जानकारी प्रदान गर्ने रहेको बताइएको छ । सहभागीहरूलाई प्रहरी प्रशासनको निगरानीबारे समेत जानकारी दिइएको थियो । जिल्ला प्रहरी कार्यालयले यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै समुदायस्तरमै आपराधिक क्रियाकलापविरुद्ध सजगता र सहकार्यको भावना विकास गर्ने प्रतिबद्धता जनाएको छ।

यस्तो कार्यक्रमले समुदायमा सचेतना फैलाउन र कानून पालनामा सहयोग पुर्‍याउने अपेक्षा गरिएको जिल्ला प्रहरी कार्यलय बाराले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर