Friday, July 24, 2026

जसपा नेपाल बाराको जिल्ला अध्यक्षमा रमेश यादव निर्वाचित

कलैया,२२ वैशाख । जनता समाजवादी पार्टी (जसपा) नेपाल बाराको जिल्ला अध्यक्षमा रमेश यादव निर्वाचित भएका छन् ।

पचरौता नगरपालिकाका पूर्व नगर प्रमुख समेत रहेका यादवले आफ्ना प्रतिद्वन्दी धर्मबिर प्रसाद यादव भन्दा ९९ मत बढी ल्याएका छन् ।

उनले २६९ मत ल्याई विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्दी धर्मबिर प्रसाद यादवले १७५ मत ल्याएका हुन् ।

समितिको उपाध्यक्षमा शिवेन्द्र प्रसाद सिंह र पुनम कुशावाहा र सचिवमा शम्भु कुमार गुप्ताको निर्वाचित भएका छन् ।

त्यस्तै सह-सचिवमा सिकेन्द्र दास,नन्दन गुप्ता र कोषाध्यक्षमा बिरेन्द्र प्रसाद यादव निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत शंकर प्रसाद साहले जानकारी दिएका छन् ।

भने जिल्ला कार्य समिति सदस्यहरुको मतगणना जारी रहेको प्रमुख निर्वाचन अधिकृत साहले बताए ।

शनिबार सम्पन्न जिल्ला निर्वाचनमा ४ सय ७२ मत खसेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर