Saturday, September 26, 2026

बारामा २ फरक ठाउँमा आगलागी हुदाँ ५ लाखभन्दा बढीको क्षति, एकजना महिला घाइते

Advertisement
Advertisement

कलैया, २२ बैशाख। बाराको दुई फरक-फरक ठाउँमा आगलागी हुदाँ ५ लाखभन्दा बढीको क्षति भएको छ भने एकजना महिला घाइते भएकी छन्।

बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नं २० मा सोमबार एउटा गोठमा आगलागी हुदाँ ४ लाख ३० हजार रूपैयाँ बराबरको क्षति भएको छ। स्थानीय भिखारी महरा चमारको गोठमा राति लामखुट्टे धपाउनको लागि बालेको आगोबाट आगलागी भएको बारा प्रहरीले जनाएको छ।

उक्त आगलागीबाट गोठमा रहेको पराल पुर्ण रुपमा जलि नष्ट भएको, २ वटा भैंसी जलेर गम्भीर घाइते भएको र मानवीय क्षति नभएको अस्थायी प्रहरी पोस्ट ईनर्वासिराका प्रहरी सहायक निरीक्षक मनोज तिवारीले जानकारी दिए।

यस्तै बाराको कलैया उपमहानगरपालिका वडा नं १८ मनगढवामा एउटा गोठमा आगलागी हुदाँ १ लाख रुपैयाँ बराबरको क्षति भएको छ भने एकजना महिला घाइते भएकी छन्।

लामखुट्टे धपाउन बालेको आगोबाट आगलागी हुदाँ भैसी घाइते, काठहरु जलेर १ लाखको क्षति भएको र भैसीलाई निकाल्ने क्रममा ४० वर्षिय महिला घाइते भएको राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

 

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर