Friday, July 24, 2026

बेहुली बिदाई गर्न नमानेपछि आफन्तहरूबिचको झगडामा परी एकजनाको मृत्युको आरोपमा फरार प्रतिवादी पक्राउ

वीरगन्ज, २३ बैशाख। पर्सामा बेहुली बिदाई गर्न नमानेपछि आफन्तहरूबिचमा झगडा हुदाँ मृत्यु हुदाँ मृत्युको आरोपमा एकजना फरार प्रतिवादीलाई पर्सा प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पर्साको पोखरीया नगरपालिका वडा नं ५ सतवरिया बस्ने ३६ वर्षिय सिकेन्द्र प्रसाद चौहान रहेका छन्। उनलाई लुकिछिपी बसिरहेको अवस्थामा ईलाका प्रहरी कार्यालय पोखरिया बाट खटेको प्रहरीको टोलीले पक्राउ गरेको हो।

यसरी भएको थियो घटना:

पर्साको पोखरीया नगरपालिका वडा नं ६ श्रीसिया बस्ने शंकर महतो चाईको छोरा ३३ वर्षिय धर्मेन्द्र प्रसाद चौहानको बिहे समाजिक परम्परा अनुसार पोखरिया नगरपालिका वडा नं ५ सतवरिया बस्ने सुभाष प्रसाद चौहानको छोरी निषा कुमारी चौहानसंग २०७६ साल बैशाख ४ गते भएको थियो।

बिवाह सम्पन्न भएपछि त्योबेला बेहुली बिदाई गर्न नमानेको विषयलाई लिएर दुबै पक्षबीच मनमुटाव भएकोले २०७६ साल बैशाख ९ गते पोखरियाकै वडा नं ४ बाल उधान अंग्रेजी बोर्डिङ स्कूलको प्राङ्गणमा एक आपसमा झगडा हुदाँ बेहुलाको बुवा शंकर महतो चाईको टाउकोमा गम्भीर चोट लागेर उपचारको क्रममा असार ११ गते काठमाडौँको सहिद गंगालाल अस्पतालमा मृत्यु भएको थियो।

मृत्यु पश्चात् घटनाको सम्बन्धमा पिडित पक्षबाट किटानी जाहेरी जिल्ला प्रहरी कार्यालय पर्सामा परेपछि घटनामा संलग्नहरुको खोजतलास गर्ने क्रममा ३ वर्षपछि एकजना फरार प्रतिवादीलाई पक्राउ गरिएको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिनुभयो।

पक्राउ परेका चौहान माथि पर्सा जिल्ला अदालतबाट ज्यान सम्बन्धी कसुर (कर्तव्य ज्यान) मुद्दामा ७ दिनको म्याद लिई थप अनुसन्धान भैरहेको छ।

 

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर