Saturday, September 26, 2026

मन्त्री यादवले गरे खानेपानी ओभरहेड टंकीको शिलान्यास

Advertisement
Advertisement

वीरगन्ज, २७ बैशाख। पर्साको वीरगन्ज महानगरपालिका वडा नं. १६ नगवामा एक कार्यक्रमका बीच नेपाल सरकारका खानेपानी मन्त्री प्रदिप यादवले खानेपानी ओभरहेड टंकीको शिलान्यास गरेका छन्।

४ करोड ५० लाखको लगानीमा निर्माण हुन लागेको ओभरहेड टंकी शिलान्यास कार्यक्रमको अध्यक्षता वीरगन्ज महानगरपालिका वड़ा नं.१६ नगवाकी महिला सदस्य लवंगी देवीले गरेकी थिइन्। भने कार्यक्रममा वीरगन्ज महानगरपालिका नगर प्रमुख राजेश मान सिंह, नेपाल खानेपानी संस्थानका महाप्रबन्धन अर्जुन बाबू ढकाल, जसपा जिल्ला अध्यक्ष तथा बहुदरमाईका नगर प्रमुख सिंघासन साह तेलीको सहभागिता रहेको थियो।

यस्तै उक्त कार्यक्रममा जिल्ला समन्वय समिति पर्साको प्रमुख अजय सर्राफ़, जसपा केन्द्रीय सदस्य जन्नत अंसारी ,पुरषोत्तम लाल झा, मधुमाया यादव, संघीय परिषद सदस्य असलम आलम, भूमि समस्या समाधानका पर्सा जिल्ला अध्यक्ष तथा संघीय परिषद सदस्य तबरेज अहमद, संघीय परिषद सदस्य रानी राय,पल्टन पटेल, जसपा पर्साका मधेश प्रदेश उपाध्यक्ष प्रेमबाबु पटेल, वीरगन्ज १५ का वड़ा अध्यक्ष रमेश यादव, वीरगंज महानगरपालिका वडा न.१६ का वड़ा सदस्य प्रमोद यादव लगायातको उपस्थिति रहेको थियो।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर