Friday, July 24, 2026

पर्सा: प्रसौनी ६ का एकजना ५० वर्षिय पुरुष जबरजस्ती करणीको आरोपमा पक्राउ

जबरजस्ती करणी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्साले बाराका एकजना ५० वर्षिय पुरुषलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाराको प्रसौनी गाउँपालिका वडा नं वडा नं ६ बेलहिया हाल वीरगन्ज महानगरपालिका वडा नं १३ बस्ने ५० वर्षिय दिनानाथ सह रहेका छन्।

साहले नामथर नखुलेको एकजना ४० वर्षिय पुरुष संग मिलेर पिडित महिलालाई मौका छोपी, मुख थुनी करणी गरेका थिए। उनलाई पिडित महिलाले दिएको जाहेरी दरखास्तको आधारमा पक्राउ गरेको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए।

साहलाई करणी सम्बन्धी कसुरमा पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद लिई थप अनुसन्धान भैरहेको छ। यस्तै उक्त घटनामा संलग्न रहेका ४० वर्षिय पुरुषको पहिचान भइसकेको र खोजतलास भईरहेको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर