Friday, July 24, 2026

जैन समाजद्वारा तनाव व्यवस्थापन कार्यक्रम सम्पन्न 

वीरगन्ज, ०१ बैशाख। पर्साको वीरगन्ज महानगरपालिका वडा नं. १० स्थित जैन हलको प्राङ्गणमा एक विशेष तनाव व्यवस्थापन कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा विशेष रूपमा जैन धर्म गुरुहरूको मार्गदर्शनमा तनाव व्यवस्थापनका विविध पक्षहरूबारे व्याख्यान तथा अभ्यास गराइएको थियो। दैनिक कार्यदबाब, पारिवारिक जिम्मेवारी, सामाजिक अपेक्षा र ड्युटीको दबाबले उत्पन्न मानसिक तनाव कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा गुरुहरूले गहिरो मार्गदर्शन दिएका थिए।

कार्यक्रममा सहभागी प्रहरी कर्मचारीहरूले यस्तो प्रकारको मानसिक स्वास्थ्य केन्द्रित तालिमले आफ्नो पेशागत जीवनमा सकरात्मक प्रभाव पार्ने बताएका छन्। उनीहरूले भविष्यमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन्।

आयोजक संस्थाहरूले जैन समाजको सहयोगप्रति आभार व्यक्त गरेका थिए र प्रहरी संगठनभित्र मानसिक सशक्तिकरणका यस्ता कार्यक्रमहरूले दीर्घकालीन रूपमा सुदृढ मनोबल निर्माणमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरेका थिए।

कार्यक्रममा वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी प्रमुख प्रहरी निरीक्षक (प्र.नि.) निरोज चौलागाई र जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्र.नि. लोकराज भट्ट सहित अन्य प्रहरी अधिकृत तथा कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

उक्त कार्यक्रम वडा प्रहरी कार्यालय विर्ता पर्सा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको संयुक्त आयोजनामा जैनस्वेताम्बर तेरापन्थी सभा वीरगञ्जको सहयोगमा सम्पन्न गरिएको हो।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर