Friday, September 11, 2026

जितपुरमा सांस्कृतिक कार्यक्रममा प्रहरीको हस्तक्षेप, दर्शकद्वारा तोडफोड र ढुंगा-मुढा प्रहार

Advertisement
Advertisement Advertisement

अभिनाश अधिकारी/ सिमरा, ०३ जेठ। बाराको जीतपुरसिमरा उपमहानगरपालिका–७ मा जारी व्यापार तथा सांस्कृतिक महोत्सवमा प्रहरीको हस्तक्षेपपछि तनावपूर्ण अवस्था सिर्जना भएको छ।

ईलाका प्रहरी कार्यालय सिमराकी प्रमुख एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) शुभद्रालामा वाइबाको नेतृत्वमा आएको प्रहरी टोलीले गायक सुनिल पण्डितसँग माइक खोसेपछि स्थिति तनाब बनेको हो। शनिबार राती मेलामा गायक सुनिल पण्डितको प्रस्तुति चलिरहेको बेला माइक खोसिएको घटनाले दर्शकहरू आक्रोशित बनेका थिए।

प्रहरीको उक्त कदमको विरोधस्वरूप दर्शकहरूले मेला स्थलमा तोडफोड गरेका छन् भने केही स्थानमा ढुंगा-मुढासमेत प्रहार गरिएको छ। घटनापछि मेलाको माहोल अव्यवस्थित बनेको थियो र सर्वसाधारणमा त्रास फैलिएको थियो।

विस्तृत विवरण आउन बाँकी भए पनि स्थानीय स्रोतहरूका अनुसार अवस्था केही समयका लागि तनावग्रस्त बनेको थियो। घटनास्थलमा थप प्रहरी बल परिचालन गारी परिस्थिति नियन्त्रणमा छ। स्थानीय प्रशासनले घटनाको छानबिन सुरु गरेको जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर