Sunday, September 27, 2026

नेपाल प्रेस युनियनको ३४ औं स्थापना दिवसको अवसरमा फलफुल वितरण तथा स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न

Advertisement
Advertisement

कलैया,१६  जेठ । नेपाल प्रेस युनियनको ३४ औं स्थापना दिवसको अवसरमा प्रादेशिक अस्पताल कलैयामा फलफुल वितरण तथा स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न भएको छ । आज एक कार्यक्रमका बीच अस्पतालमा रहेका ६० जना विरामीहरूलाई फलफूल वितरण गरिएको प्रेस युनियन बाराका सचिव राजेश कुशवाहालेहाले जानकारी दिए ।

स्थापना दिवसको अवसरमा सञ्चारकर्मीहरुको नि.शुल्क स्वास्थ्य परिक्षण गरिएको प्रादेशिक अस्पताल कलैयाका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर अजय कुमार गुप्ताले बताए ।

प्रेस युनियन बाराका अध्यक्ष श्यामबाबु प्रसाद यादवको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस युनियनका केन्द्रीय सदस्य गणेश रिजाल,बाराका अग्रज पत्रकार उमेशलाल दास,रतन टेमानी,क्षेत्र . ४ ख का क्षेत्रीय सभापती एवं पुर्व तरुण दल जिल्ला अध्यक्ष लोकेश सिंह,तरुण दल बाराका अध्यक्ष दिपेन्द्र पटेल,नेपाल शिक्षक संघ बाराका अध्यक्ष राजकिशोर सहनी,नेपाल प्रेस युनियन मधेस प्रदेशका सचिव सन्तोष पाण्डे,पत्रकार महासंघ मधेस प्रदेशका सदस्य संजीव मिश्र,श्रमजीवी पत्रकार संघ बाराका अध्यक्ष शिवशंकर मिश्र,प्रेस युनियन बाराका जिल्ला कार्य समिति सदस्यहरु लगायतको उपस्तिथि रहेको थियो ।

सो कार्यक्रमको संचालन युनियनका जिल्ला सचीव राजेश कुशवाहा तथा स्वागत कोषाध्यक्ष अरुण साहले गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर