Sunday, July 19, 2026

बाराको विश्रामपुरमा ५० लाखको लागतमा बन्ने विवाह भवनको शिलान्यास

कलैया, २० जेठ। बाराको विश्रामपुर गाउँपालिका वडा नं ५ ईटियाहीमा विवाह भवनको शिलान्यास गरिएको छ।

भवन निर्माण कार्यको शिलान्यास वडा नं ५ का वडा अध्यक्ष अमिरिलाल गुप्ताले गरेका हुन्। उक्त भवनको लागि मधेस प्रदेश सरकारको उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयको कोषबाट करिब ५० लाख रुपैयाँको बजेट छुट्याइएको छ।

शिलान्यास कार्यक्रमको प्रमुख अतिथि विश्रामपुर गाउँपालिका अध्यक्ष जुल्फकार अली भुट्टो (जुबेर भाई) रहेका थिए। भने शिलान्यास कार्यक्रममा स्थानिय नेता धर्मदेव यादव, मनिर देवान, समाजसेवी कृष्णा साह, गोपिचन्द गुप्ता लगायत स्थानियहरूको सहभागिता रहेको थियो।

शिलान्यास गर्दै वडा अध्यक्ष गुप्ताले भवन निर्माणका लागि केही वर्षदेखि अतिक्रमण गरी राखिएको जग्गा खाली गराइएको जानकारी दिए। उने उक्त भवनले स्थानियवासीलाई विवाह र अन्य सामाजिक कार्यक्रमहरूको लागि उपयुक्त स्थान प्रदान गर्ने विश्वास व्यक्त गरे।

भवनको निर्माणलाई गाउँपालिकाको सामाजिक र सांस्कृतिक समृद्धिको दिशामा महत्वपूर्ण कदमको रूपमा मूल्याङ्कन गर्दै सबैको सहयोग र सहकार्यको आवश्यकता रहेको गाउँपालिका अध्यक्ष भेट्टोले बताए।

 

 

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर