24.1 C
Kalaiya

Tuesday, October 14, 2025
spot_img
24.1 C
Kalaiya
Tuesday, October 14, 2025

विद्युत आपूर्तिको समस्या समाधान गर्न उर्जा मन्त्रीसँग मेयर सिंहको आग्रह

spot_img
spot_img

वीरगन्ज, २० जेठ। विद्युत आपूर्तिको समस्या दीर्घकालीन रुपमा समाधान गर्न वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले उर्जा मन्त्री दीपक खड्कासँग आग्रह गरेका छन्।

Advertisement

खानेपानी मन्त्री प्रदीप यादवसँगै आज उर्जा मन्त्रालय पुगेका मेयर सिंहले मन्त्री खड्कासँग भेट गरी हालको अवस्था र त्यसले जनजीवनमा पारेको प्रभावबारे जानकारी गराउँदै समस्याको समाधानको आग्रह गरेका हुन्।

Advertisement

मेयर सिंहले पछिल्ला दिनहरूमा वीरगन्ज र आसपासका क्षेत्रमा ४० डिग्री सेल्सियससम्म पुगेको अत्यधिक गर्मीबीच पटक–पटक विद्युत सेवा अवरुद्ध भइरहेकोले जनजीवन कष्टकर बनेको दुखेसो पोखे।

Advertisement

अघोषित लोडसेडिङका कारण अस्पतालमा बिरामीको उपचार प्रभावित भएको, विद्यालयमा पठनपाठन अफ्ठ्यारो भएको, बालबालिका, वृद्धवृद्धा र गृहिणी महिलाहरू बढी समस्यामा परेको, घरका विद्युतीय उपकरणहरू बिग्रिन थालेको र उद्योगहरू धराशायी अवस्थामा पुगेको भन्दै उनले मन्त्री खड्काको ध्यानाकर्षण गराए।

मेयर सिंहले यस्तो गम्भीर समस्या सरकारको प्राथमिकतामा पर्नु आवश्यक रहेको भन्दै दीर्घकालीन समाधानका उपायहरू तत्काल सुरु गर्न माग गरे। साथै, अस्पताल, विद्यालय लगायतका अत्यावश्यक सेवामा तत्काल स्थलगत निरीक्षण गरी आवश्यक परेको ठाउँमा ट्रान्सफर्मरको मर्मत वा पुनःस्थापना गर्नुपर्ने सुझावसमेत उनले दिएका छन्।

सोही अवसरमा उर्जा मन्त्री खड्काले नेपाल विद्युत प्राधिकरण मधेस प्रदेशका प्रादेशिक प्रमुख मनोज यादवलाई टेलिफोनमार्फत निर्देशन दिँदै वीरगन्ज महानगरसहित आसपासका क्षेत्रमा देखिएको समस्या तुरुन्त समाधान गर्न आदेश दिएका छन्।

मेयर सिंहका स्वकीय सचिव सत्यराज घिमिरेका अनुसार मन्त्री खड्काले विशेषगरी अस्पताल तथा शिक्षण संस्थाहरूमा तत्काल स्थलगत निरीक्षण गरी आवश्यक सुधार कार्य अघि बढाउन निर्देशन दिएका हुन्। वीरगन्जका मेयरसँगको सहकार्यमा विद्युत आपूर्तिमा देखिएको समस्या समाधान गर्न उर्जा मन्त्रालयले गम्भीर पहल थालेको घिमिरेले बताए।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर