Sunday, July 19, 2026

ब्राइट +२ कलेजद्वारा कक्षा १२ का विद्यार्थीहरूको बिदाइ, तस्वीरहरु सहित

वीरगन्ज, २३ जेठ। वीरगन्जको ब्राइट +२ कलेजले कक्षा १२ का विद्यार्थीहरूलाई बिदाइ गरेको छ।

शुक्रबार टाउन हलमा आयोजित बिदाई कार्यक्रममा कलेजका प्रमुख मुकेश गुप्ताले विद्यार्थीहरुको उज्वल भविष्यको कामना गर्दै उपस्थित सम्पूर्ण अतिथि, अभिभावक, शिक्षक र विद्यार्थीहरूलाई सम्मान पत्रद्वारा सम्मानित गर्दै धन्यवाद व्यक्त गरेका थिए।

यस्तै कलेजका प्रमुख मुकेश गुप्ताले संस्थाले शैक्षिक मात्र नभई सामाजिक र नैतिक विकासमा पनि विशेष जोड दिएको बताउँदै युवा पुस्तालाई सक्षम र जिम्मेवार नागरिक बनाउने लक्ष्यमा कलेज दृढ रहेको बताए।

उक्त बिदाई कार्यक्रममा प्रमुख अतिथिको रूपमा भारतीय महावाणिज्य दूतावास वीरगन्जका महावाणिज्यदूत देवी साहय मीणा रहेका थिए। प्रमुख अतिथि मीणाले विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गर्दै शिक्षालाई लक्ष्य बनाएर अगाडि बढ्न प्रेरणा प्रदान गरे।

कार्यक्रममा कलेजका शिक्षक अखिल पटेल, विजय साह, सञ्चारकर्मी अभिलाष गुप्ता, अर्जुन चौधरी, प्रहलाद चौरसिया, राजु बैठा, सुर्या नारायण बिक, सन्तोष कुश्वाहा लगायत शिक्षक तथा कक्षा ११ र १२ का विद्यार्थीहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर