काठमाडौं, २५ जेठ । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा ३ हजारले घटेर तोलाको एक लाख ९० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि शुक्रबार सुन तोलाको एक लाख ९३ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ ।
महासङ्घका अनुसार आज चाँदी तोलामा ५ रुपैयाँले घटेर २१४५ रुपैयाँमा कारोबार भइरहेको छ ।