Sunday, July 19, 2026

बाराको पथलैयामा ‘संगालो प्रतिक्षालय’ उद्घाटन

अभिनाश अधिकारी/सिमरा, ०६ असार। सामाजिक उत्तरदायित्व बहन गर्ने उद्देश्यले संगालो बचत तथा ऋण सहकारी संस्था लिमिटेड, सिमरा बाराले आफ्नो स्थापना दिवसको अवसरमा पथलैया चोकमा ‘संगालो प्रतिक्षालय’ निर्माण गरी एक कार्यक्रमका बीच उद्घाटन गरेको छ।

उक्त उद्घाटन समारोहमा जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १ का वडा सदस्य राकेश सुब्बा, मध्य क्षेत्रीय ट्राफिक कार्यालय पथलैयाका प्रमुख निरीक्षक शोभन विक्रम राणा, संगालो साकोसका संचालक समिति, लेखा समिति पदाधिकारी तथा संस्थाका कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा वक्ताहरूले सहकारी संस्थाले मात्र आर्थिक समृद्धिमा नभई सामाजिक उत्तरदायित्वमा पनि अग्रसर हुनुपर्ने कुरामा जोड दिए। प्रतिक्षालय निर्माणले सर्वसाधारण यात्रुहरूलाई सुविधा पुग्ने र सहकारीको सामाजिक क्रियाकलापमा थप विश्वास पैदा हुने विश्वास व्यक्त गरिएको थियो।

संगालो साकोसले यसअघि पनि विभिन्न सामाजिक र मानवसेवामूलक कार्य गर्दै आएको छ। यो प्रतिक्षालय त्यसकै निरन्तरता स्वरूप स्थापना गरिएको जनाइएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर