बारा । बाराको कलैयास्थित रामराजा बहुमखी क्यामपसका प्रमुख हरिभूषण कुशवाहाको गोली हानेर हत्या भएको घटनामा सबै अभियुक्तको पहिचान खुलिसकेको उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले बताएका छ्न । सोमबार प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन । गृहमन्त्री रवि लामिछानेले मुख्य अभियुक्त बाहेक अन्य सबै पक्राउ परेको समेत बताएका छ्न ।
“जेठ ३२ गते क्यामपसका प्रमुख लाई गोली हानेर हत्या भएको घटनामा सबै अभियुक्तको पहिचान खुलिसकेको र मुख्य अभियुक्त बाहेकका अन्य अभियुक्त पक्राउ परिसकेका छ्न,मुख्य अभियुक्तको खोजी तिब्र पारिएको छ ।” उनले भने “पिडित परिवारको जाहेरी परिसकेको छैन तर प्रहरीले पिडित परिवार सङ्ग समन्वय गर्ने र घटनाको अनुसन्धान गर्ने कार्य अगाडी बढाइसकेको छ ।”
गृहमन्त्री लामिछानेले मुख्य अभियुक्त सहित सबै अभियुक्तलाई अदालत समक्ष पेश गरिने र कानुन बमोजिम कार्वाही हुने बताए । उनले भविस्यमा यस्ता घटना नहोस भनेर सुरक्षा चुनैतीको आधारमा सुरक्षा निगरानी बढाइएको समेत बताएका छ्न ।
बाराको आदर्श कोतवाल गाउँपालिका– २ खजुरियाबाट मोटरसाइकलमा कलैया जाने क्रममा आदर्श कोतवाल गाउँ पालिका–३ बातरामा गोली प्रहार भएको थियो ।