Wednesday, September 9, 2026

राष्ट्रिय धान दिवसका अवसरमा किसान प्रती सम्मान सहित कलैया सब मेट्रोसिटी हस्पिटल द्वारा रक्तदान

Advertisement
Advertisement Advertisement

साजिर मन्सूर
बारा , १५ असार । कलैया सब मेट्रोसिटी हस्पिटल द्वारा रास्ट्रीय धान दिवसका अवसरमा सम्पुर्ण नेपाली किसानहरुको सम्मानमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

अस्पताल रोड भुमिका प्रेस को सामने खुलेको हस्पिटल ले मानव कल्याण हेतु कसैले अकालमा ज्यान गुमाउन नपरोस भनेर रक्तदान कार्यक्रम गरेको अस्पताल का संचालक तथा बरिस्ठ नवजात तथा बाल रोग विशेषज्ञ डाक्टर रामनिवास साहले जनाए । डा.साहले हाल आफुले रक्त सन्चार केन्द्रहरुमा देखिएको रगतको अभावलाई मध्य नजर गरि रक्तदान कार्यक्रम गरिएको बताए ।

आईसियु,एन आईसियु भेन्टिलेटर,सबै प्रकारको सर्जरी,हाड तथा नशा सम्बन्धि रोगको उपचार,एक्सरे,भिडियो एक्सरे,आधुनिक ल्याब,ईको,ईसिजी सहितको सबै सुबिधा सहित उपचार सहज र सस्तो किसिमले भैरहेको जनाए । हस्पिटलले २४ सै घन्टा आईसियु एन आईसियु,जेनेरेटर सर्जरी सेवा उपलब्ध गराईने जनाए । संचालक डा. साहले आउने दिनमा अझ आधुनिक प्रबिधी भित्र्याउदै सेवालाई बिस्तार गर्दै लाने बताएका छन ।

उनले हस्पिटलमा हाल हाड तथा नशा रोग विशेषज्ञ डा.चन्द्रभुषण यादव,स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. सुनिता यादव,सर्जन डा. मुकुन्द यादव,हाड तथा नशा रोग विशेषज्ञ डा. सन्तोश साह र मुटु रोग विशेषज्ञ डा. ईमरान अलि लगायतका विशेषज्ञद्वारा उपचार सेवा उपलब्ध गराउदै आएको बताएका छन । डा. साहले गरिब बिपन्न परिवारका लागि पनि बिशेष सहुलियतमा उपचार सेवा उपलब्ध गराईरहेको बताएका छन ।

कार्यक्रममा प्रमुख अतिथी पारस साहले बाराका नागरिकको अकालमा रगतको अभावले ज्यान जान नपरोस भन्दै अस्पतालले कलैया ब्लड बैंकको लागी रक्तदान कार्यक्रमको आयोजना गरेकोमा धन्यवाद दिए । प्रमुख अतिथि साहले प्राइभेट भए पनि न्यून शुल्कमा नागरिकको उपचार गरेको यो अस्पताल सबैमा लोकप्रिय बन्दै गएको बताए ।

बिशिस्ट अतिथि कलैया उपमहानगरपालिका वडा नम्बर ६ का अध्यक्ष रामबिश्वास ठाकुरले बारा मात्र हैन रौतहट र पर्साको पनि बिरामीलाई पनि कलैयामा आएको हेर्दा अत्यन्तै खुशी लाग्ने भएको बताए ।

सो अवसरमा जसपा नेपालका केन्द्रिय सदस्य प्रभावशाली नेता रामकिशोर यादव,डा. राकेश तिवारि,डा. शेख गुल,डा.सोनु यादव,डा. आलोक यादव,डा.अनु चौधरी,ब्लड बैंक कलैया का प्रमुख राजाबाबु गुप्ता,प्रादेशिक अस्पताल कलैयाका ईमर्जेन्सी ईन्चार्ज प्रदिप यादव,स्वास्थ्यकर्मी राकेश यादव,एम्बुलेन्स चालक संघ बाराका अध्यक्ष दिपेन्द्र कुश्वाहा,सचिव मुनिलाल यादव,भद्रभलादमिहरुको उपस्थिति रहेको थियो ।  कार्यक्रमको सन्चालन  सन्चारकर्मी साजिर मन्सूरले गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर