23.1 C
Kalaiya

Wednesday, March 26, 2025
23.1 C
Kalaiya
Wednesday, March 26, 2025

spot_img

मधेश प्रदेश : बस दुर्घटना हुँदा एक जनाको मृत्यु

spot_img
spot_img

बारा , १५ असार । रौतहटमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ८ जन घाइते भएका छन् ।

गौरबाट भैरहवा तर्फ जादै गरेको ना.७ खं ८४१४ नम्वरको बस गौर चन्दरनिगाहपुर सडकखण्ड अन्तर्गत जयनगर चोकमा आज विहान ८ बजे आफै अनियन्त्रित भई दुर्घटना भएको हो ।

दुर्घटनामा परी माधवनारायण नगरपालिका वडा नम्बर ३ बस्ने शैलेन्द्र कुमार गिरीको १८ बर्षिया छोरी नेहा कुमारी गिरीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

दुर्घटना लगत्तै इलाका प्रहरी कार्यालय गरुडा र शिवनगरबाट गएको प्रहरी टोलीले  घाइतेहरुको उद्धार गरेर उपचारको लागि स्थानीय अस्पतालमा  पठाइएको छ । दुर्घटना पछि बसका चालक र सहचालक फरार रहेको  दुर्घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर