बारा, २० असार । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले माध्यमिक शिक्षा परिक्षा (एसईई) को नतिजा बारे विशलेषण गर्न सम्पुर्ण बिधालयलाई बोलाएको छ । उपमहानगरले एक सुचना जारी गर्दै एसईई परिक्षामा सहभागी सम्पुर्ण निजि तथा सामुदायिक बिधालयलाई बोलाएको हो ।
उपमहानगरकी प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्लेले असार २२ गते बिहान १० बजे उपमहानगरको सभाहलमा एसईईको नतिजा बारे छ्लफल गर्न बोलाइएको बताए ।
यस वर्षको एसईई परिक्षामा जीतपुरसिमरा उपमहानगरमा ४६.४५ प्रतिशत विद्यार्थी पास भएका छ्न । साधारण तर्फ १६९२ विद्यार्थी सहभागी भएकोमा जम्मा ७८६ बिधार्थी पास भएका छ्न । त्यस्तै प्राविधिक तर्फ ७० जना विद्यार्थी सहभागी भएकोमा ८ जना पास भएका छ्न ।
यस वर्ष धेरै विद्यार्थी अन्नुतिर्ण भए पछि शिक्षा मन्त्रालयको निर्णय बमोजिम राष्ट्रिय परिक्षा बोर्डले दुई विषय भन्दा बढी विषयमा अन्नुतिर्ण भएका विद्यार्थीलाई पनि मौका परिक्षामा सहभागी गराउने निर्णय गरेको छ ।