बारा, २२ असार । पर्साको वीरगञ्ज कारागारमा करेन्ट लागेर एक जना कैदीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका वडा नम्बर ११ श्रीपुर बस्ने ३० वर्षीय अनिल महतो नुनिया रहेको प्रहरीले जनाएको छ । आज बिहान धारामा जडान गरिएको विद्युतीय मोटरबाट करेन्ट लागेर उनको मृत्यु भएको हो ।
उनी जवरजस्ती करणी मुद्दामा २०७५ सालदेखि कारागारमा छन । मृतकको पोस्टमार्टमका लागि नारायणी अस्पतालमा पठाइएको छ ।