बारा, २२ असार । बारामा अलपत्र रहेकी वृद्ध महिलाको उद्धार गरिएको छ ।
प्रहरीले जिल्लाको कलैया उप-महानगरपालिका वडा नम्बर ३ बैजनाथपुर बस्ने वर्ष ८० कि खेदिया धानुकको उद्धार गरी परिवारजनको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय बाराका प्रब्क्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिएका छन् ।
कलैया उप-महानगरपालिका वडा नम्बर १८ पतौराबाट अलपत्र अवस्थामा रहेकी वृद्ध महिलाको उद्धार गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय र महिला बालबालिका तथा जेष्ठ नागरीक सेवा केन्द्रबाट खटिएका प्रहरी टोलिले उद्दार गरी उनका छोरा रुप नारायण मण्डलको जिम्मा लगाईएको प्रब्क्ता न्यौपानेले जानकारी दिएका छन् ।