बारा,२४ असार । आज सुनको मूल्य तोलामा ४ सयले घटेको छ । सोमबार सुन तोलाको १ लाख ४५ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस अघि आइतबार छापावाल सुन प्रतितोला एक लाख ४५ हजार ४ सयमा कारोबार भएको थियो ।
त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४४ हजार ३ सयमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदी प्रतितोला १ हजार ८ सय ९० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।