20.7 C
Kalaiya

Thursday, October 30, 2025
spot_img
20.7 C
Kalaiya
Thursday, October 30, 2025

नेपालले आज ओमानको सामना गर्दै

spot_img
spot_img

काठमाडौं,८ असोज । नेपाली राष्ट्रिय क्रिकेट टिमले आइसीसी क्रिकेट विश्वकप लिग-२ को सिरिज अन्तर्गत आज ओमानको सामना गर्दै छ । यो खेल नेपाली समय अनुसार राति ८: ४५ बजेदेखि ओन्टारियोस्थित किंग सिटी स्टेडियममा हुदै छ ।

Advertisement

नेपालले यस अघि खेलेका यस सिरिजका तिनै खेलमा हार बेहोरेको छ । नेपालले क्यानडासँगका दुवै खेलमा हार बेहोरेको छ भने ओमानविरुद्धको पहिलो खेलमा हार बेहोरेको छ । नेपाल र ओमानबीच अहिलेसम्म कुल ८ एकदिवसीय खेल भएका छन् । जसमा ओमानले ५ खेल जितेको छ भने नेपालले ३ खेल जितेको छ ।

Advertisement

क्यानले यस सिरिजका लागि रोहितकुमार पौडेलको कप्तानीमा सोमबार १६ सदस्यीय टोली क्यानडा पठाएको छ । नेपाली टोलीमा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्शन झा, रिजन ढकाल, सन्दीप लामिछाने र ललित राजबंशी रहेका छन् । त्यस्तै देव खनाललाई ट्राभलिङ रिजर्भमा रहेका छन् ।

Advertisement

नेपालले लिग-२ मा अहिलेसम्म ७ खेल खेलेको छ । जसमा एक जित हासिल गरेको छ भने ६ खेल हार बेहोरेको छ । त्यस्तै ओमानले अहिलेसम्म खेलेका ६ खेलमा २ जित, ३ हार र एक खेल नतिजा बिहिन हुदा अंक बाँडेको छ ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर

error: Content is protected You can't copy !!