Sunday, July 19, 2026

बाल एकता कलेजले गर्यो कक्षा ११ का नवप्रवेशी विद्यार्थीहरुको भब्य स्वागत

कलैया,०९ मंसिर । बाल एकता सेकेन्डरी ईङग्लिस बोर्डिङ स्कुल +२ बिज्ञान तथा म्यानेजमेन्ट कलेजले कक्षा ११ मा नयाँ भर्ना भएका नवप्रवेशी विद्यार्थीहरुको एक कार्यक्रमवीच भव्य स्वागत गरेको छ ।

बाराको सदरमुकाम कलैया स्थित करण राज पार्टी प्यालेसको सभा हलमा शनिबार एक कार्यक्रम आयोजना गरि कलेजले कक्षा ११ का नव प्रवेशी विद्यार्थीहरुको स्वागत गरेको हो ।

विधालय व्यवस्थापन समितिका कार्यकारी अध्यक्ष भोला साह सोनारको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि कलैया उपमहानगरपालिका शिक्षा,युवा तथा खेलकुद महाशाखाका प्रमुख प्रहलाद वर्णवालले पानसमा बत्ती बाली कार्यक्रमको उद्घाटन गरेका थिए ।

कार्यक्रममा मधेस प्रदेश शिक्षक तालीम केन्द्र नेल्टाका कोषाध्यक्ष नरेन्द्र कुमार निधी र नेपाल राष्ट्रिय माध्यमिक विधालय ब्रहमपुरी स्कुलका प्रधानाध्यापक रमेश कुशवाहाले शुभकामना मन्तव्य दिएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवम् कलैया उपमहानगरपालिका शिक्षा,युवा तथा खेलकुद महाशाखाका प्रमुख प्रहलाद वर्णवालले बाल एकताले सन्चालन गरेको संकायहरु उत्कृष्ट रहेको बताएका छन् ।पहिला भन्दा अहिले धेरै बिद्यार्थीहरुको भर्ना भएको देखिन्छ । अभिभावकहरुको विश्वास बाल एकता प्रती बढदै गएको बताए ।

उच्च शिक्षा हासिल गर्नको लागि विद्यार्थीहरु बाहिर जान्छन् तर यो अवस्थामा बाल एकताले ठुलो संख्यामा बिद्यार्थीहरु भर्ना गर्नु राम्रो पक्ष रहेको बताए । बाल एकताले सबै बिद्यार्थीहरुको सफलताको लागि अझ थप योजना बनाई तथा विश्वास कायम गर्दै अगाडि बढन आग्रह गरे ।

कक्षा ११ मा विज्ञान संकायतर्फ २८ जना र म्यानेजमेन्टतर्फ ४८ जना छात्रछात्राहरु गरि ७६ जना नयाँ भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गरिएको +२ कलेजका संयोजक प्रमुख प्रिन्स कुमार सिंहले बताएका छन् ।

उक्त कार्यक्रममा विद्यालयका प्रबन्ध निर्देशकतथा प्रिन्सिपल सुमोध सरार्फ,विद्यालयका सहप्रबन्धक संगीता सरार्फ,सनराईज कोचिङ तथा कम्प्युटर सेन्टरका फाउण्डर प्रिन्सिपल तथा डाईरेक्टर सन्तोष कुमार साह,नेपाल भारत मैत्री संघका प्रदेश सचिव पवन अग्रवाल, किशोरी राम, रेयाज अन्सारी तथा कलेजका शिक्षक सहित विद्यार्थी,सञ्चारकर्मीहरु लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर