32.8 C
Kalaiya

Sunday, March 23, 2025
32.8 C
Kalaiya
Sunday, March 23, 2025

spot_img

छयासठ्ठी हजार बराबरको सामान बरामद

spot_img
spot_img

कलैया,१० मंसिर । बारा प्रहरीले ६६ हजार रुपैयाँ बराबरको बिभिन्न सामान बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बारा तथा मातहत समेत प्रहरी ईकाइ कार्यालयहरूबाट खटिएका प्रहरी टोलीहरूले जिल्लाको विभिन्न स्थानबाट बिल भरपाई नभएको र सामानको स्रोत खुलाउन नसकेको अवैध सामान बरामद गरेको हो।

प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरीले टोलिले जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १ पथलैया चोकमा जाँच गरेको थियो। प्रहरीले काँकडभिट्टा बाट काठमाण्डौ तर्फ जादै गरेको बा.प्र.०३–००१ ख २६४२ नं. को यात्रु बाहक बसमा लोड गरेको अन्दाजी ४२ हजार रुपैयाँ बराबरको फेस वास, मरिच र अन्य किराना सामान बरामद गरेको छ।

त्यस्तै ईलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरी टोलिले सिम्रौनगढ नगरपालिका वडा नम्बर ७ कवलपुरमा नेपालबाट भारत तर्फ लैजादै गरेको २४ हजार रुपैयाँ बराबरको लहसुन बरामद गरेको हो ।

अवैध सामानहरु नियन्त्रणमा लिई आवश्यक कानुनी प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिएका छन्।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर