Thursday, September 3, 2026

बारामा ८९ हजार एक सय ६० रूपैयाँ बराबरको सामान बरामद

Advertisement
Advertisement Advertisement

कलैया, १२ मंसिर । जिल्ला प्रहरी कार्यालय बारा मातहत रहेको पथलैया चौकीले सामान बरामद गरी राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाएको छ।

प्रहरीले गाडीलाई रोकी जाँच गर्दा बिल भरपाई भन्दा बढी र सामानको स्रोत खुलाउन नसकेको सामान नियन्त्रणमा लिएको हो।

उसले अन्दाजी ८९ हजार एक सय ६० रूपैयाँ बराबरको विभिन्न सामानहरू नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

प्रहरी चौकी पथलैया, बाराले जीतपुर सिमरा उपमहानगरपालिका वडा नं.०१ पथलैया चोक स्थितमा प्रहरी वरिष्ट नायब निरीक्षक रोशन अधिकारीको कमाण्डमा खटिएको प्रहरी टोलीले सो सामान बरामद गरेको हो।

काकरभिट्टाबाट काठमाडौंतर्फ जादै गरेको बा.प्र.०१–००६ ख ५८८३ नं. को बसको डिक्कीमा लुकाई छिपाई राखेको लहंगा,साडी,सुट,थानको कपडा प्रहरीले नियन्त्रणमा लिएको हो।

सो सामान बिल बिजक भन्दा बढी रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisement spot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर