Sunday, July 19, 2026

बारामा लाखौंको काजू बरामद

कलैया,२४ मंसिर । बारा प्रहरीले लाखौं रुपैयाँ पर्ने काजु बरामद गरेको छ।

प्रहरी चौकी पथलैया बाराबाट खटोएको प्रहरी टोलीले जिल्ला बारा जीतपुर सिमरा उप–महानगरपालिका वडा नं.१ पथलैया चोकमा सो काजु बरामद गरेको हो।

कटारीबाट पोखरा तर्फ जादै गरेको लु.१ ख ६७२३ नम्बरको यात्रु बाहक बसमा लोड गरी लैजादै गरेको बिल बिजक नभएको एक लाख १२ हजार रुपैयाँ बराबरको ७० किलो काजु प्रहरीले नियन्त्रणमा लिएको हो।

काजुलाई राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाईएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिएका हुन्।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर