23.1 C
Kalaiya

Wednesday, March 26, 2025
23.1 C
Kalaiya
Wednesday, March 26, 2025

spot_img

विश्व प्रसिद्ध गढीमाई पञ्चवर्षीय मेलामा दिईयो पाच हजार भन्दा बढी राँगा बली

spot_img
spot_img

बरियारपुर,२४ मंसिर । बाराको महागढीमाई नगरपालिका वडा नम्बर १ मा रहेको विश्वप्रसिद्ध गढीमाई पञ्चवर्षीय मेलामा पाच हजार भन्दा बढी राँगा बली दिइएको छ ।

गढीमाईको विशेष पुजा गरेर आईतबार ५ वटा बलीहरू राँगा,खसी,हास,सेतो मुसा र परेवाको बली दिईएपछि मात्र अन्य बली दिईएको हो । झण्डै ५ हजारको हाराहारीमा राँगाको बली दिईएको मन्दिर समितिले जनाएको छ ।

आईतवारसम्म मेलामा ७२ लाख भन्दा बढि पर्यटक तथा भक्तजनहरूले दर्शन गरि मेला अवलोकन गरेको गढीमाई पञ्चवर्षीय मेला संचालन तथा व्यवस्थापन समितिका प्रवक्ता बिकाश कुमार सिंहले बताएका छन् ।

मन्दिर समितिले बोका बली सोमबारका लागि राखेको भएपनि अधिकांशले आईतवार नै बोका बली दिईएको छन । त्यसैगरी मेलामा १५ हजार भन्दा बढी बोका बलि दिइएको प्रवक्ता सिंहले बताए ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर