काठमाडौँ,०३ पुस । आज सुनचाँदीको मूल्य घटेको छ ।
आज सुन तोलामा ७०० रुपैयाँले घटेर एक लाख ५० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ८३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।