बारा,०६ पुस । बारामा कार भित्र एक पुरुषको शव भेटिएको छ ।बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ११ आमाडार-रामौलीमा कार भित्र एक पुरुषको शव भेटिएको प्रहरिले जनाएको छ ।
बागमती प्रदेश ०१ ०२८ च ७६१६ नम्बरको कारमा शव शनिबार बिहान भेटिएको प्रहरीले जनाएको छ । मृतक टाउकोमा चोट लागेको अवस्थामा भेटिएका छन्।
उनको टाउकोमा गोलि लागेको स्थानियले बताए पनि प्रहरी ले आधिकारिक पुष्टि भने गरेको छैन । घटनास्थलमा बाराका प्रहरी प्रमुख प्रहरी उपरिक्षक महेन्द्र खड्का को टोलि पुगेको छ ।
थप विवरण आउन बाकी