बारा,०८ पुस । बारामा ट्राफिक प्रहरीले प्रेशर हर्न बजाउन निषेध गरेको छ । जिल्लामा सञ्चालन हुँदै आएका सवारीसाधनले प्रेशर हर्न बजाएर ध्वनिप्रदूषण गरेको गुनासो बढेपछि ट्राफिक प्रहरीले त्यस्ता हर्न निकालेको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय निजगढ, बारा तथा मातहतको प्रहरी ईकाइले ध्वनी प्रदुषण न्युनिकरण अभियान सन्चालन गरेको छ ।
अभियान अन्तर्गत ट्राफिक प्रहरीले सिमरा, जितपुर,अमलेखगंज, पिलुवा र कलैया सहित जिल्लाको विभिन्न ठाउँमा चेकिङ्ग गरि ३५ वटा सवारी साधनका प्रेशर हर्न र जथाभावि लगाएको बती समेत निकालिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय निजगढले जनाएको छ ।