बारा,०९ पुस । मधेश प्रदेशमा दर्ता भएका सबै सवारीसाधनमा शतप्रतिशत जरिवाना कर छुट हुने भएको छ ।
यातायात व्यवस्था कार्यालय वीरगन्जले सबै प्रकारका सवारीसाधन कर र नवीकरण दस्तुर जरिवानामा शतप्रतिशत छुट दिएको जनाएको छ ।
आज एक सूचना जारी गर्दै यातायात व्यवस्था कार्यालयले मधेश प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन २०८१ बमोजिम सवारी कर र नवीकरण दस्तुरको जरीवाना शतप्रतिशत छुट भएको जनाएको हो ।