Thursday, June 4, 2026

पर्साबाट अवैध चक्लेट बोकेको भ्यान नियन्त्रणमा

spot_img

बारा,११ पुस । पर्साबाट सशस्त्र प्रहरी बलले अवैध रुपमा ओसारपसार हुन लागेको चकलेटसहित भ्यानलाई नियन्त्रणमा लिएको छ ।

भारतबाट अवैध रुपमा ना १ ज ७८४५ नम्बरको म्याजिक भ्यानमा राखी नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा वीरगंज महानगरपालिका वडा नम्बर १४ पावरहाउस चोकबाट उक्त भ्यान नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता शैलेन्द्र थापाले बताए ।

बरामद चक्लेट तथा भ्यानको भन्सार दाखिला मूल्य १० लाख रुपैयाँ रहेको उनले बताए ।

प्रवक्ता थापाका अनुसार भ्यान चालक फरार रहेको र बरामद चक्लेट तथा भ्यान आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर