सप्तरी, १९ पुस । सप्तरीमा मर्निङ वाक हिडेका एक वृद्धको सवारी दुर्घटना परी मृत्यु भएको छ।
मृत्यु हुनेमा सुरुङगा नगरपालिका वडा नम्बर ३ निवासी ६० वर्षका रामबहादुर नेपाली रहेको प्रहरीले जनाएको छ ।
सुरुङगा नगरपालिका वडा नम्बर ३ स्थित कदमाहा–गाइघाट सडक खण्डमा आज बिहान ४ बजे मर्निङ वाकमा निस्केको समयमा नेपालीलाई नम्बर नखुलेको सवारीले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडाले बताए ।
ठक्कर दिने सवारीको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।