Monday, October 5, 2026

वीरगन्जका पत्रकार साहलाई एमाले कार्यकर्ताले दिएको धम्की र मानसिक तनावप्रति पत्रकार महासंघ पर्साको ध्यानाकर्षण

Advertisement
Advertisement

बारा,२० पुस । नेपाल पत्रकार महासंघ पर्साले वीरगन्जका क्रियाशील पत्रकार जियालाल साहलाई समाचार लेखेकै कारण सामाजिक सञ्जालमार्फत दिइएको धम्की र मानसिक तनावप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघ पर्साका सचिव विजय कुमार महतोद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा सिधा कुरा डटकम अनलाइन पोर्टलमा प्रकाशित एक समाचारलाई लिएर पत्रकार साहलाई लक्षित गर्दै धम्कीपूर्ण गतिविधि भएको भन्दै आपत्ति जनाएको हो।

साहले केही दिन अगाडी प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पर्साको सखुवाप्रसौनीमा आयोजित कार्यक्रममा ‘विवादास्पद पृष्ठभूमि भएका व्यक्तिलाई पार्टीमा प्रवेश गराइएको’ भन्ने विषय समाचार लेखेका थिए ।

उक्त समाचारपछि सामाजिक सञ्जालमा पत्रकार साहको फोटो नै राखेर धम्कीपूर्ण स्ट्याटस लेख्नु र लेख्न लगाउनु आपत्तिजनक कार्य रहेको महासंघको ठहर छ।

यस्तै यदि प्रकाशित समाचारप्रति कुनै असन्तुष्टि भए कानुनी उपचारको बाटो अपनाउनुपर्नेमा सामाजिक सञ्जालमार्फत धम्की दिनु आम सञ्चारकर्मी र सञ्चारमाध्यममाथि प्रहार भएको महासंघले ठहर गरेको छ । विगत केही समयदेखि सञ्चारकर्मीप्रति देखिएका विभिन्न प्रकारका धम्की र दुर्व्यवहारले लोकतन्त्रको पक्षमा उभिएका सञ्चारकर्मीमाथि असुरक्षा सिर्जना गरेको महासंघको भनाइ छ ।

लोकतन्त्र र विधिको शासनको पक्षमा काम गर्ने सञ्चारकर्मीहरूलाई डर धम्कीबाट बचाउन सरकार, राजनीतिक दल र सम्बन्धित निकायलाई तत्काल पहल गर्न महासंघले आग्रह गरेको छ । र पत्रकार साहविरुद्ध भइरहेको धम्कीपूर्ण गतिविधिको छानबिन गरी कानुनी कारबाही थाल्न जोडदार माग गरेको छ ।

 

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर