


बारा,२२ पुस । बारा प्रहरीले लागु औषध हिरोइन र ट्याब्लेट सहित एक जनालाई पक्राउ गरेको छ ।
लागु औषध बिक्री बितरण भईरहेको भन्ने विशेष सूचनाको अधारमा जिल्ला प्रहरी कार्यालय बारा र प्रहरी चौकी पिपरपाती बाराबाट खटिएको प्रहरीको सँयुक्त टोलिले आइतबार जिल्लाको पचरौता नगरपालिका वडा नं ४ इनर्वाटोल स्थित पोखरीको डिलमा बनाइएको छाप्रोमा चेक जाँच गर्ने क्रममा लागु औषध सहित एक जना पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा जिल्लाको सिम्रौनगढ नगरपालिका वडा नम्बर २ महुवाही टोल बस्ने अन्दाजी ४७ वर्षीय राम सेवक प्रसाद साह रहेका छन् ।
उनको साथबाट प्रहरीले २७ ग्राम सेतो हिरोहिन जस्तो देखिने पाउडर र नाइट्रोभेट ट्यावलेट एक पत्ता (१५) पिस बरामद गरेको हो ।
पक्राउ परेका साहलाई बारा जिल्ला अदालत कलैयाबाट १० दिन म्याद लिई थप अनुसन्धान भइरहेको बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिनुभयो ।