Wednesday, September 9, 2026

चिसो बढ्दै गएपछि वीरगन्ज महानगरपालिकाले दियो विदा ।

Advertisement
Advertisement Advertisement

वीरगन्ज,२३ पुस । वीरगन् महानगरपालिकाले चिसो बढ्दै गएपछि विद्यालय विदा दिएको छ ।  शीतलहरसंगै बढ्दै गएको चिसो मौसमलाई मध्यनजर गर्दै महानगरपालिकाले विद्यालयहरुमा भोलिदेखि ३ दिनका लागि जाडो विदा दिएको हो ।

मंगलबार महानगरपालिकाका शिक्षा अधिकृत हरि राउतले जारी गरेको सूचनामा वर्षे विदामा कट्टा हुने गरि भोलि पुस २४ गते बुधबारदेखि पुस २६ गते शुक्रबारसम्म तीन दिन विरगञ्ज महानगरभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरुमा जाडो विदा दिइएको उल्लेख छ ।

यस्तै बाराको करैयामाई गाउँपालिकाले पनि मौसम परिवर्तन भई बालबालिकाहरूको स्वास्थ्यमा प्रतिकुल असर परिरहेको भन्दै पुस २४ गते बुधवारदेखि पुस २६ गते शुक्रबारसम्म पठनपाठन स्थगित गरेको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर