23.1 C
Kalaiya

Wednesday, March 26, 2025
23.1 C
Kalaiya
Wednesday, March 26, 2025

spot_img

जीतपुरसिमरा उपमहानगरको चल्यो डुमरवानामा सडक अतिक्रमण गरेर बनाइएका घर टहरामा डोजर

spot_img
spot_img

जीतपुर, २६ पुस । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले सडक अतिक्रमण गरेर बनाईएका घर टहराहरुमा डोजर चलाएको छ ।

उपमहानगरपालिकाले वडा नम्बर १५ स्थित डुमरवानामा सडक अतिक्रमण गरेर बनाइएका घर टहरा हटाउन डोजर चलाएको हो ।

वडाको डुमरवाना स्थि भारती चोकदेखि पोता जाने बाटोमा अबैध संरचना हटाउँन नगरले गरेको आग्रह अटेरी गरेर संरचना नहटाउने विरुद्ध बिहीबार डोजर चलाउनु परेको उपमहानगरपालिकाले जनाएको छ ।

पटक पटक सूचना प्रशारण गर्दै स्थानीयलाई सडकको मापदण्ड ३० मिटर भित्र पर्ने संरचना हटाउन आग्रह गरेको थियौँ, नगरप्रमुख राजन पौडेलले बताउनुभयो । उपमहानगरपालिकाको कार्यालय र वडा न १५ को कार्यालयले तीन पटक सुचना निकालेर बाटो अतिक्रमण गरेर बनाईएको घर र टहरा हटाउन वडा बासीसंग अनुरोध गरेपनि अटेर गरेको नगरप्रमुख पौडेलले बताए ।

स्थायनीहरुले नगर र वडाको पटक पटकको आदेशको पालना नगरेपछि बिहीवार डोजर लगाएर उक्त घर र टहरा हटाईएको जीतपुरसिमरा उपमहानगरपालिका १५ का वडाध्यक्ष रामप्रसाद लामिछानेले बताएका छन ।

बाटो अतिक्रमण गरेर बनाईएको घर र टहरा हटे पछि अब दुई तर्फी नाला र स्वच्छ खानेपानीको पाईप जडान गर्नको लागि टेण्डर आव्हान भईसकेको वडाध्यक्ष लामिछानेले बताउनुभयो ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर