कलैया,०५ माघ । बारामा ५ वर्षीया बालिका मृत अवस्थामा फेला परेकी छन ।
पचरौता नगरपालिका वडा नम्बर ९ कुडवा स्थित जमुनि खोलाको किनारामा पानीमा तैरी राखेको अवस्थामा अन्दाजी ५ वर्षकी नामथर वतन नखुलेको बालिका मृत अवस्थामा फेला परेकी हुन् ।
उक्त स्थानमा खटिएको प्रहरी टोलीले प्रारम्भिक अनुसन्धान कार्य पुरा गरेको प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिएका छन् ।
मृतक बालिकाको शव कलैया स्थितमा रहेको प्रदेशिक अस्पताल कलैयामा पोष्टमार्टमको लागी पठाईएको प्रवक्ता सापकोटाले बताए ।
मृतकको शव पहिचान हुन नसके पछि तस्वीर सार्वजनिक गर्दै पहिचानको लागी जिल्ला प्रहरी कार्यालय बाराले आग्रह गरेको छ ।